काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच सरकारले चालू आवको बजेटमा व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।
बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालु आवको आरम्भदेखि नै पुनर्बीमा हुने बताइएको छ ।






Comment