ग्लोबल आइएमई बैंकको शेयर कसको हातमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंकको शेयर कसको हातमा कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंकमा १८ जना व्यक्ति तथा संस्थाको शेयर स्वामित्व ०.५ प्रतिशत वा सोभन्दा बढी रहेको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार बैंकको चुक्ता पूँजीमा उल्लेख्य हिस्सा ओगट्ने शेयरधनीमध्ये कर्मचारी सञ्चय कोष सबैभन्दा अगाडि देखिएको छ।

बैंकमा कर्मचारी सञ्चय कोषको ४.७४ प्रतिशत शेयर स्वामित्व रहेको छ। कोषको नाममा १ करोड ८० लाख ८४ हजार कित्ता शेयर रहेको प्रतिवेदनमा उल्लेख छ। दोस्रो ठूलो शेयरधनीका रूपमा रहेको आईएमई होल्डिङ्स प्रालिको २.७८ प्रतिशत अर्थात् १ करोड ५ लाख ९० हजार कित्ता शेयर रहेको छ।

त्यस्तै, आईएमई इन्भेस्टमेन्ट प्रालिको २.५१ प्रतिशत अर्थात् ९५ लाख ५४ हजार कित्ता शेयर रहेको छ। व्यक्तिगत शेयरधनीतर्फ सुमित कुमार अग्रवाल सबैभन्दा अगाडि छन्। उनको नाममा ६९ लाख ४३ हजार कित्ता शेयर रहेको छ, जुन बैंकको कुल शेयरको १.८ प्रतिशत हो।

एक प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका अन्य शेयरधनीमा विष्णु प्रसाद न्यौपाने र कन्टिनेन्टल इन्भेस्टमेन्ट प्रालि रहेका छन्। न्यौपानेको १.४१ प्रतिशत अर्थात् ५३ लाख ८३ हजार कित्ता र कन्टिनेन्टल इन्भेस्टमेन्टको १.१८ प्रतिशत अर्थात् ४५ लाख ८ हजार कित्ता शेयर रहेको छ।

त्यसैगरी, नागरिक लगानी कोषको ०.९२ प्रतिशत अर्थात् ३४ लाख ९७ हजार कित्ता, उत्तर कुमार नेपालको ०.९० प्रतिशत अर्थात् ३४ लाख ४२ हजार कित्ता र रण बहादुर शाहको ०.७८ प्रतिशत अर्थात् २९ लाख ८८ हजार कित्ता शेयर रहेको छ।

निमिषा इन्भेस्टमेन्ट प्रालिको ०.७४ प्रतिशत अर्थात् २८ लाख ३० हजार कित्ता शेयर रहेको छ। हेमराज ढकाल र कामधेनु इन्भेस्टमेन्टको समान ०.६७ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकका अन्य ठूला शेयरधनीमा होमल्यान्ड डेभलपर्सको ०.६६ प्रतिशत, क्यामिनेट श्रेष्ठको ०.६४ प्रतिशत, गौरी श्रेष्ठको ०.६३ प्रतिशत, सन्दीप अग्रवालको ०.५८ प्रतिशत, रिता मल्लको ०.५६ प्रतिशत र शारदा देवीको ०.५३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

प्रकाशित : 3 November, 2026 4:36 pm