निक्षेप तान्न बाणिज्य बैंकबीच होडबाजी ,विकास बैंकहरूले पनि व्यक्तिगत निक्षेपमा बढी ब्याजदर दिनथाले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निक्षेप तान्न बाणिज्य बैंकबीच होडबाजी ,विकास बैंकहरूले पनि व्यक्तिगत निक्षेपमा बढी ब्याजदर दिनथाले



काठमाडौं । नेपाल बैंकर्स एशोसियसनले मंगलबारदेखि मुद्धती निक्षेपको ब्याजदर सम्बन्धित बैंकले नै तोक्न सक्ने सहमति गरेपछि बाणिज्य बैंकहरूले धमाधम नयाँ ब्याजदर तय गरेका छन् । आकर्षक ब्याजदर प्रस्तावसहित निक्षेप तान्न बाणिज्य बैंकबीच होडबाजी चलेपछि विकास बैंकहरूले पनि अब व्यक्तिगत निक्षेपमा बढी ब्याजदर दिन लागेका छन् ।

बाणिज्य बैंकहरूले महंगो ब्याजदरमा निक्षेप तान्न थालेपछि विकास बैंकहरूलाई आफूकहाँ रहेको निक्षेप बाणिज्य बैंकमा सर्न सक्ने चिन्ताले सताएको छ । बाणिज्य बैंकहरूले १३ प्रतिशतसम्म ब्याजदर दिनेगरि मुद्धती निक्षेप योजना सार्वजनिक गरिसकेका छन् । अत्याधिक कर्जा माग हुने, तर निक्षेप जम्मा गर्नै नसकिने समस्याबाट बैंकहरू ग्रस्त भएपछि बैंकर्श एशोसियसनले निक्षेपको ब्याजदर तोक्न बैंकहरूलालाई स्वतन्त्र छाडिदिएको छ ।

यस्तो अवस्थामा विकास बैंकमा रकम राखेका निक्षेपकर्ताहरूले आकर्षक ब्याजदर पाउन सो रकम बाणिज्य बैंकमा राख्न सक्ने देखिएपछि विकास बैंकहरूले पनि ब्याज बृद्धि गर्नुको विकल्प देखेका छैनन् । हालसम्म बाणिज्य बैंक समूहको जनता बैंकले १२ प्रतिशत, माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत र कुमारी बैंकले १३ प्रतिशत ब्याजदर दिने घोषणा गरिसकेको छ । अन्य बैंकहरूले पनि ब्याजदर बढाउने तयारी गरिरहेका छन् ।

यस्तो अवस्थामा डेभलपमेन्ट बैंकर्श संघले सदस्य बैंकहरूसँग सल्लाह गरी ब्याजदर बढाउने तयारी गरिरहेको जनाएको छ ।आफूकहाँ रहेको निक्षेप अन्य बैंकमा जान नदिनकै लागि पनि विकास बैंकहरू ब्याजदर बढाउनुपर्ने दबाबमा छन् ।

प्रकाशित : २० मंसिर २०७५, बिहीबार १३:२८