सिद्धार्थ बैंकले १३.१६ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंकले १३.१६ प्रतिशत लाभांश दिने



काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस र कर समेत ८.१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव हालै सम्पन्न बैंकको ३०४ औं सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले परित गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : ९ मंसिर २०७५, आईतवार १७:१८