सात प्रदेशमा ‘प्रदेश लोकसेवा आयोग’ स्थापना गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सात प्रदेशमा ‘प्रदेश लोकसेवा आयोग’ स्थापना गर्ने तयारी



काठमाडौं । सात प्रदेशमा ‘प्रदेश लोकसेवा आयोग’ स्थापना गर्ने तयारी सरकारले गरेको छ । प्रदेश आयोगको नेतृत्व सहसचिवलाई दिइन लागेको हो ।

अञ्चलमा रहेका कार्यालयहरूले अब ‘परीक्षा व्यवस्थापन’ गर्नेछन् । ती कार्यालयहरूले साविककै जिल्लाहरू हेर्ने लोकसेवाले जनाएको छ ।

यी कार्यालयले प्रदेश लोकसेवा आयोग र संघीय लोकसेवा आयोगसँग समन्वय गरेर संघीय निजामती सेवाका लागि परीक्षा सञ्चालन गर्छ । साथै त्यसको विधि प्रक्रिया सिकाउने काम पनि सो कार्यालयले गर्नेछ ।

प्रकाशित : १ असार २०७५, शुक्रबार १२:२०