सभामुख ज्यू , दुईबर्ष अघि मन्त्रीहुँदा सुन तस्करीमा आफुलाई भुरा भन्नु हुन्थ्यो ठुलो माछा को हो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सभामुख ज्यू , दुईबर्ष अघि मन्त्रीहुँदा सुन तस्करीमा आफुलाई भुरा भन्नु हुन्थ्यो ठुलो माछा को हो ?



काठमाडाै । नेपाल मजदूर किसान पार्टीका साँसद प्रेम सुवालले सभामुख महरा दुईबर्ष अघि मन्त्रीहुँदा सुन तस्करीमा आफुलाई भुरा भनेको स्मरण गराउँदै मन्त्री भुरा भए ठूलो मान्छे प्रधानमन्त्री त होला नि भन्ने प्रश्न गरेका छन् ।

सांसद सुवालले प्रधानमन्त्री ओलीले कुनै नौलो सपना नदेखेको बताउँदै पन्चायतकालमै नेपालसँग जहाज रहेको बताए । उनले यस्ता सपना देख्नुभन्दा महंगी नियन्त्रण, सडक मर्मत जस्ता सामान्य कुरा गरेर देखाउन आग्रह गरे । यिनले बालुवाटारमा ठगहरूको बर्चस्व रहेको आरोप लगाउँदै उनीहरूलाई त्यहाँबाट धपाउनुपर्ने बताए ।

सांसद सुवालले भक्तपुरबाट अन्तराष्ट्रियस्तरको स्टेडियम बनाउने याजना तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन । उनले भक्तपुरको खेती योग्यजग्गा नष्ट गर्ने यो योजना प्रदेश राजधानी हेटौडातिर सार्न पनि उनले आग्रह गरे । अन्तराष्ट्रियस्तरको स्टेडियम बनाउनका लागि त्यती धेरै जग्गा उपत्यकामा नरेहेको उनको भनाइ छ ।

प्रकाशित : १७ जेष्ठ २०७५, बिहीबार १३:४७