एजेन्सी । बलिउडमा यस्ता धेरै चलचित्रहरु रहेका छन् जसलाई दर्शकहरुले अहिलेसम्म भुलेका छैनन् । तर यस्तो चलचित्र जुन टेलिभिजनमा बारम्बार आउने गर्दछ। चलचित्र “सूर्यवंशम” टेलिभिजनमा यति धेरै आउछ कि दर्शकहरुलाई चलचित्रको एक-एक डायलग याद भैसकेको छ ।
चलचित्रमा हीरा ठाकुरको बुलन्द आवाज दर्शकहरुको मनमा बसेको छ । साथै सोशल मीडियामा पनि यो चलचित्रको बारे निकै जोक्स बनाईएको छ । हालै यो चलचित्र पटक-पटक टिभीमा आउनुको कारण बाहिरिएको छ।

सूचना अनुसार जुन वर्षमा यो चलचित्र आएको थियो त्यसै वर्ष म्याक्स च्यानल लन्च भएको थियो । १९९९ सालमा म्याक्स च्यानल र चलचित्र एकसाथ आएको थियो । भनिन्छ चलचित्र जुन च्यानलमा आउँछ उसले यसको १०० वर्षको राइट्स किनेर राखेको हुन्छ ।
त्यसैले चलचित्र बारम्बार टिभीमा आउने गर्दछ । यस चलचित्रमा महानायक अमिताभ बच्चनले डबल रोल गरेका थिए । चलचित्रमा सौन्दर्या रघुले लीड रोल गरेकी थिइन्। सौन्दर्या निधन २००४ सालमा भएको थियो। यो चलचित्र टिभीमा सबैभन्दा धेरै हेरिने चलचित्र बनेको छ ।






Comment