अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता



नेपालगञ्ज । नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ ।

विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो ।

पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । २५ मिटर लम्बाइ, ५० मिटर चौडाइ र साढे तीन मिटर गहिराइको उक्त पौडी पोखरी काठमाडौँपछि दोस्रो भएको क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।

प्रकाशित : १६ चैत्र २०७४, शुक्रबार १२:२३