एकै दिन ३ अर्बले बढ्यो निक्षेप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

एकै दिन ३ अर्बले बढ्यो निक्षेप



काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्म ६२ खर्ब ३६ अर्ब रहेको निक्षेप बिहिबारसम्म ६२ खर्ब ३९ अर्ब पुगेको हो।

त्यस्तै बुधबारसम्म कर्जा प्रवाह ५१ खर्ब २८ अर्ब रहेकोमा बिहिबार ५१ खर्ब ३० अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको छ ।

बिहिबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब २३ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४० अर्ब कर्जा प्रवाह भएको छ ।
सिडी रेशियो ८०.०५ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९२ प्रतिशत छ।

प्रकाशित : 9 June, 2024 6:31 pm