नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने



काठमाडौं । नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने भएको छ । टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले आज रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने भएको हो।

टेलिकमका अनुसार आज राति ११ बजेदेखि २६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद र Query सेवाहरु केहि समयका लागि प्रभावित हुने टलिकमले जनाएको छ। सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्नु टेलिकमले अनुरोध गरेको छ।

उक्त समयमाMobile Voice, Data, SMS FTTH Voice, Data, IPTV आदि सेवाहरु यथावत सञ्चालन हुने टेलिकमले जनाएको छ ।

प्रकाशित : २५ असार २०८१, मंगलवार १०:५६