काभ्रेपलाञ्चोक। अवैध रुपमा टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्टस आयात गरि बिक्री वितरण गरेर उपभोक्ताहरुलाई ठगी गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले राजकुमार पोतेलाई पक्राउ गरेको छ। पोतेको बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रा.लि. को पसल तथा गोदाममा छापा मारी करोडौं मूल्यका अवैध रुपमा आयात गरिएको नक्कली पार्टपूर्जा प्रहरीले बरामद गरेको हो।
प्रहरीले निजको पसल र १० वोटा गोदाममा सिलबन्द गरि उनलाई पक्राउ गरेको हो । पोते यस अगाडि पनि बारम्बार राजस्व ठगीको केसमा पक्राउ परि कारबाहीमा परेका व्यक्ति हुन्।
यस्ता नक्कली पार्टपूजाहरूका प्रयोगले गाडीहरुको दुर्घटना व्यापक बढेर ठूलो मात्रामा जनधनको क्षती हुनुको साथै राजश्वको ठूलो हिस्सा गुमिरहेको छ । साथै वैधानिक रूपमा कारोबार गर्ने व्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित भइ व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका छन्।
यस कुरालाई ध्यानमा राख्दै देशभर यस्ता अवैध कारोबारमा संलग्न व्यक्तिहरूको व्यापक खोजी कार्य र कारवाहीलाई तिव्र बनाउने प्रहरी प्रशासनलेजनाएको छ।


Comment