ट्राभल डकुमेन्ट दुरुपयोग आरोपमा सहसचिव भट्टराई पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ट्राभल डकुमेन्ट दुरुपयोग आरोपमा सहसचिव भट्टराई पक्राउ



काठमाडौ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार दिउँसो नियन्त्रणमा लिएको छ। भट्टराईमाथि शाखा अधिकृतको रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरी मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोप लागेको छ।

उक्त आरोपसम्बन्धी अनुसन्धान अघि बढाउने क्रममा सीआईबीले भट्टराईलाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : 3 August, 2026 2:43 pm