काठमाडाैं । स्मार्टफोन अपग्रेड गर्ने ग्राहकका लागि HONOR को विशेष अफर थप, HONOR 600 सिरिज किन्दा स्मार्टवाच निःशुल्क
स्मार्टफोन अपग्रेड गर्ने सोचमा रहेका ग्राहकलाई लक्षित गर्दै HONOR ले आफ्नो लोकप्रिय HONOR 600 र HONOR 600 Pro स्मार्टफोनमा लागू गरेको विशेष अफरको अवधि थप गरेको छ। अब ग्राहकहरूले जुलाई ३१, २०२६ सम्म यी स्मार्टफोन खरिद गर्दा रु. १५,९९९ मूल्य बराबरको HONOR Choice Watch 2 Pro स्मार्टवाच निःशुल्क प्राप्त गर्नेछन्।
सीमित अवधिका लागि लागू गरिएको यो अफर नेपालभरका आधिकारिक HONOR बिक्री केन्द्रहरूमा स्टक उपलब्ध रहेसम्म मान्य हुनेछ।
स्मार्टफोन फोटोग्राफी र एआई अनुभवलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित तयार गरिएको HONOR 600 सिरिज मा एआई इमेज टु भिडियो, उन्नत एआई सम्पादन सुविधा तथा फ्ल्यागसिपस्तरको क्यामेरा प्रणाली समावेश गरिएको छ।
HONOR 600 Pro मा ७,००० एमएएच सिलिकन–कार्बन ब्याट्री, Snapdragon 7 Gen 4 प्रोसेसर, 4nm प्रविधि र आकर्षक AMOLED डिस्प्ले रहेको छ। यसले दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङका लागि उत्कृष्ट प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ।
अफरअन्तर्गत प्राप्त हुने HONOR Choice Watch 2 Pro मा प्रिमियम डिजाइन, ब्लुटुथ कलिङ, स्वास्थ्य तथा फिटनेस ट्र्याकिङ सुविधा र लामो ब्याट्री ब्याकअप उपलब्ध छ। यो स्मार्टवाच HONOR 600 सिरिजका प्रयोगकर्ताका लागि उपयोगी सहायक बन्ने कम्पनीले जनाएको छ।
HONOR ले ग्राहकलाई अत्याधुनिक प्रविधिको अनुभवसँगै थप मूल्य प्रदान गर्ने उद्देश्यले यो अफर सार्वजनिक गरेको बताएको छ।
ग्राहकहरूले नजिकको आधिकारिक HONOR स्टोरमा गई HONOR 600 वा HONOR 600 Pro खरिद गरी यो विशेष अफरको लाभ लिन सक्नेछन्।






Comment