द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट, एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट, एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य



काठमाडौं । काठमाडौं–तराई–मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । उक्त राजमार्गमा ५.४ किलोमिटर सुरुङ समेत बन्ने भएको हो ।

उक्त आयोजनका लागि सरकारले १७ अर्ब ६४ करोड बजेट छुट्टयाएको छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य आयोजनाबाट गरी एक हजार ४० मेगावाट उत्पादनको लक्ष्य राखेको जानकारी दिए ।

प्रकाशित : 29 May, 2026 5:24 pm