भन्सार दरमा सुधार, ३६० वस्तुको अन्तःशुल्क खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भन्सार दरमा सुधार, ३६० वस्तुको अन्तःशुल्क खारेज



काठमाडौं । सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको । कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए । ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ ।

भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ ।

प्रकाशित : 29 May, 2026 4:34 pm