नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कटको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कटको निधन



काठमाडौं । अमेरिकाका सामाजसेवी तथा फोटो पत्रकार स्कट म्याकलेननको निधन भएको छ । क्यान्सर रोगसँग लामो समयदेखि लडिरहेका उनको बुधबार निधन भएको हो ।

सन् २००६ तिर पहिलोपटक पर्यटकका रूपमा नेपाल आएका स्कट यहाँका ग्रामीण भेगका मानिसहरूको गरिबी, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था र खासगरी महिलाहरूको संघर्ष देखेपछि निकै प्रभावित भएका थिए। त्यसपछि उनले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षाको पहुँच पु¥याउने उद्देश्यले ‘द माउन्टेन फन्ड’ नामक गैरसरकारी संस्थाको स्थापना गरे ।

उक्त संस्थामार्फत उनले ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन, औषधि वितरण र स्वास्थ्य चौकीहरू निर्माण गर्ने कार्यमा ठूलो योगदान पु¥याएका थिए । ०७२ सालको विनाशकारी भूकम्पको समयमा स्कट र उनको टोलीले धादिङ र सिन्धुपाल्चोकका दुर्गम गाउँहरूमा पुगेर उद्धार तथा राहत सामग्री वितरणमा काम गरेको थियो।

घरबारविहीन भएका सयौँ परिवारका लागि अस्थायी आवास निर्माण र घाइतेहरूको उपचारमा उनले सहयोग गरे । एक कुशल फोटोग्राफरका रूपमा स्कटले नेपालका हिमाल, संस्कृति र विशेष गरी नेपालीहरूको जीवनका अनेकौँ आयामहरूलाई तस्बिरमार्फत विश्वभर चिनाउने काम गरे।

अन्तर्राष्ट्रिय मञ्चहरूमा उनले खिचेका तस्बिरहरू प्रदर्शन गरेर नेपालको पर्यटन र यहाँका सामाजिक मुद्दाहरूमा विश्वको ध्यान आकर्षित गराउँदै आएका थिए ।

उनलाई नेपाल र नेपालीहरूलाई आत्मादेखि माया गर्ने सच्चा अमेरिकी समाजसेवीका रुपमा चिन्ने गरिन्छ । भौगोलिक रूपमा अमेरिकी नागरिक भए पनि उनको मन र कर्म सधैँ नेपाली माटोमै समर्पित रहेको उनी निकट शुभेच्छुकहरुको भनाइ छ ।

बिहीबार स्कटको सेलिब्रेशन अफ लाइफ स्मारक सेवा कार्यक्रम गरिँदै छ । उनकी श्रीमती सुनिता सुवेदी शर्मा ९म्याकलेनन०ले स्कटको फेसबुकमा स्टाटस लेख्दै बिहीबार दिउँसो १ बजे स्कटको सेलिब्रेशन अफ लाइफ स्मारक सेवा कार्यक्रम गर्न लागेको जानकारी दिएकी हुन् ।

उनले स्कटको बिदाइ र स्वर्गीय यात्राको सुरुवातको लागि श्रद्धाञ्जली व्यक्त समेत गरेकी छ्नि । स्कटका साथी तथा आफन्तहरुले पनि सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रकाशित : 28 May, 2026 1:25 pm