१६ सार्वजनिक संस्थान अझै घाटामा, दुई बन्द अवस्थामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

१६ सार्वजनिक संस्थान अझै घाटामा, दुई बन्द अवस्थामा



काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेको पाइएको छ ।

आर्थिक सर्वेक्षण २०८२/८३ ले यस्तो देखाएको हो । यस आवसम्म १६ संस्थान नोक्सानीमा रहेको र २ वटा बन्द अवस्थामा रहेको पाइएको छ । अघिल्लो आवमा २८ वटा नाफामा, १५ वटा नोक्सानी र २ वटा घाटामा थिए ।

२०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड पुगेको छ । सेयर र ऋण गरी कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ ।

प्रकाशित : 27 May, 2026 3:37 pm