सुन–चाँदी दुबै सस्तिए, तोलामै ७ हजार ८०० रुपैयाँ घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन–चाँदी दुबै सस्तिए, तोलामै ७ हजार ८०० रुपैयाँ घट्यो



काठमाडौं । शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : 20 March, 2026 11:22 am