काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई औपचारिक रूपमा मान्यता दिएको छ।
शुक्रबार बसेको आयोगको बैठकले उक्त महाधिवेशन कानून र पार्टी विधानअनुसार सम्पन्न भएको ठहर गर्दै त्यसबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।
आयोगको निर्णयसँगै विशेष महाधिवेशनबाट भएका सबै निर्णयहरू वैध ठहरिएका छन्। यसअघि विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेरबहादुर देउवा समूहले उठाएको दाबी स्वतः अस्वीकृत भएको छ।
अब पार्टीभित्र प्रत्यक्ष मनोनयनलगायतका सबै निर्णय तथा काम कारबाही गगन–विश्व समूहको नेतृत्वमा आधिकारिक रूपमा मानिनेछ। विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति स्वतः अमान्य भएको छ।
यद्यपि, निर्वाचन आयोगको यस निर्णयप्रति असन्तुष्ट पक्षका लागि सर्वोच्च अदालत जाने कानुनी बाटो भने खुला रहेको छ।






Comment