निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई औपचारिक रूपमा मान्यता दिएको छ।

शुक्रबार बसेको आयोगको बैठकले उक्त महाधिवेशन कानून र पार्टी विधानअनुसार सम्पन्न भएको ठहर गर्दै त्यसबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

आयोगको निर्णयसँगै विशेष महाधिवेशनबाट भएका सबै निर्णयहरू वैध ठहरिएका छन्। यसअघि विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेरबहादुर देउवा समूहले उठाएको दाबी स्वतः अस्वीकृत भएको छ।
अब पार्टीभित्र प्रत्यक्ष मनोनयनलगायतका सबै निर्णय तथा काम कारबाही गगन–विश्व समूहको नेतृत्वमा आधिकारिक रूपमा मानिनेछ। विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति स्वतः अमान्य भएको छ।

यद्यपि, निर्वाचन आयोगको यस निर्णयप्रति असन्तुष्ट पक्षका लागि सर्वोच्च अदालत जाने कानुनी बाटो भने खुला रहेको छ।

प्रकाशित : २ माघ २०८२, शुक्रबार १९:५२ 16 January, 2026 7:52 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।