सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ : सुनिता डंगोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ : सुनिता डंगोल



काठमाडौं । काठमाडौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले संसारका विभिन्न कुनामा नेपालको भगवान वा सम्पदाहरु चोरेर लगेको दाबी गरेकी छिन् ।

शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरी भएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनस्थापना गर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताइन् ।

त्यस्तै उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सफल भएको बताइन् । उनले केही समय अघि इथुमबहालमा ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सकेको बताइन् । उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको जानकारी दिइन् ।

उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन् ।

प्रकाशित : 7 November, 2025 1:46 pm