सुनचाँदीकाे मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीकाे मुल्य स्थिर



काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा नै कारोबार भइरहेको छ । साथै, आज तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ८ श्रावण २०८१, मंगलवार १०:४७