हिमालयन रिले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हिमालयन रिले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने



काठमाडौं । हिमालयन रिन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने भएको छ। भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डियाले स्वीकृती प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको कम्पनीले जनाएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको निवेदन उपर १६ जनवरी २०२४ मा स्वीकृत प्रदान गरेको हो। भारतबाट व्यवसाय गर्न स्वीकृति प्राप्त गरेसँगै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तार गरि बनाएको छवीलाई थप उचाइमा पुऱ्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार १६:५०