आइएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

बीमा

आइएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने कम्पनीमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई सम्मान प्रदान गरेका हुन्।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय भएको बताए।

उनले विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदार सञ्जाल रहेको आइएमईले रेमिट्यान्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड पहिचान थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

ढकालले रेमिट्यान्ससँगै आइएमईले सिर्जना तथा विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ बनाउने पनि बताए। नवीन प्रविधि, उत्कृष्ट सेवा र व्यावसायिक गतिशीलतालाई थप मजबुत बनाउँदै अघि बढ्ने उनको भनाइ छ।

प्रकाशित : २ मंसिर २०८३, बुधबार १८:२८ 18 November, 2026 6:28 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।