लक्ष्मी सनराइज बैंकद्वारा ‘ई–कमर्स अक्वायरिङ’ सेवा सुचारु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी सनराइज बैंकद्वारा ‘ई–कमर्स अक्वायरिङ’ सेवा सुचारु



काठमाडौं । नेप्सको सहकार्यमा लक्ष्मी सनराइज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ । नेप्सअन्तरर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक पनि रहेको छ । यस सेवा नेप्सले भिसाको सहायक संस्थासँगको सहकार्यमा विकास गरेको हो ।

उक्त सेवाको सुचारुपश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकहरुले ई–कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नु हुनेछ । ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निमित्त ग्राहक मार्फत भुक्तानी लिनको लागि थप एउटा मध्यम हुन सक्छ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नु हुनेछ भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नु हुनेछ । तसर्थ यो सुविधाले निश्चित रूपमा देशको ई–कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा सनराईज बैंकको रहेको छ ।

नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्डमार्फत विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । हाल ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलार्इ विभिन्न कार्ड सञ्जालमार्फत कारोवारका लागि होस्टिंग र स्विचिंग सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ४ माघ २०८०, बिहीबार १४:५४