वैदेशिक व्यापारमा वृद्धि, तीन महिनामा व्यापार घाटा साढे तीन खर्ब पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

वैदेशिक व्यापारमा वृद्धि, तीन महिनामा व्यापार घाटा साढे तीन खर्ब पुग्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालको बैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको व्यापार भएको हो ।

आर्थिक वर्ष २०७९/८० को साउनदेखि असोजसम्मका तीन महिनामा यस्तो व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँबराबरको भएको थियो । यस हिसाबले समीक्षा अवधिमा वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

असोजसम्ममा आयात व्यापार पनि बढेको छ । गत वर्षको सुरुवाती तीन महिनामा चार खर्ब ९९ करोड रुपैयाँको आयात भएकोमा चालू आवको सोही अवधिमा चार खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ । समीक्षा अवधिमा आयात १.६९ प्रतिशतले बढेको हो ।

निर्यात व्यापारमा भने २.२६ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । गत वर्षको साउनदेखि असोजसम्ममा ४१ अर्ब करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएकोमा चालू आवको सोही अवधिमा ४० अर्ब ८७ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।

तीन महिनामा नेपालले तीन खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ घाटाको वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार घाटा २.१५ प्रतिशतले बढेको छ । गत वर्षको तीन महिनामा ती खर्ब ५९ अर्ब १७ करोड रुपैयाँको वैदेशिक व्यापार घाटा भएको थियो ।

प्रकाशित : १२ कार्तिक २०८०, आईतवार १३:२५