बुटवल उद्योग वाणिज्य सङ्घमा सात सय ७६ मतले अर्याल निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बुटवल उद्योग वाणिज्य सङ्घमा सात सय ७६ मतले अर्याल निर्वाचित



लुम्बिनी । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।

सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उनले सात सय ७६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले छ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भए । सङ्घको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टङ्कप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भए ।

निर्वाचन समितिका अनुसार महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा प्रतीक पोखरेल चयन भएका छन् । यस्तै सहकोषध्यक्षमा धनकुमारी खनाल, एकमात्र पद एशोसिएट सदस्यमा बालकृष्ण पौडेल विजयी भए ।

मतगणना परिणामअनुसार उद्योगतर्फ सदस्यमा दीपकप्रसाद चापागाईँ, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छ भने वाणिज्यतर्फ सदस्यमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टीकाराम बन्जाडे विजयी भए ।

खुलातर्फ सदस्यमा विष्णु घिमिरे ९पन्त०, विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भए ।

सङ्घको यही असोज १९ गते ७०औँ साधारणसभा तथा २५औँ अधिवेशन भएको थियो । अधिवेशनअन्तर्गत सोमबार मतदान हुँदा एक हजार पाँच सय पाँच मत खसेको थियो । सङ्घमा करिब एक हजार सात सय सदस्य मतदाता छन् ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलवार १०:४७