वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने



काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान १०ः ३० बजेका लागि तय गरिएको बन्दसत्र दिउँसो ४ बजेपछि सुरु हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । खुलामञ्चमा तय गरिएको बन्द सत्रको कार्यक्रम वर्षाका कारण प्रभावित भएपछि समय सारिएको हो । 

बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर आजै पारित गर्ने तयारी छ । यसअघि प्रस्तुत भएको सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

छलफल पूरा भएपछि प्रस्ताव तथा प्रतिवेदन पारित गरिने र भोली नयाँ नेतृत्व चयन गरी अघि बढ्ने कांग्रेसको तयारी छ ।

प्रकाशित : 7 October, 2026 1:23 pm