काठमाडाैं । एम्पियर नेपालले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले नगद छुट, अतिरिक्त एक्सचेन्ज मूल्याङ्कन, निःशुल्क सर्भिसिङ तथा स्पेयर पार्ट्समा छुटसहित लक्की ड्रमार्फत १ लाख रुपैयाँ जित्ने अवसर पाउनेछन्।
‘नयाँ सवारी, नयाँ उमङ्ग–यसपालिको महाचाड Ampere सँग’ भन्ने अभियान सन्देशसहित ल्याइएको योजनाअन्तर्गत Ampere Nexus तथा Magnus खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ नगद छुट वा पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप २० हजार रुपैयाँ मूल्याङ्कनमध्ये कुनै एक सुविधा रोज्न सक्नेछन्।
कम्पनीका अनुसार ग्राहकले यससँगै एक वर्ष निःशुल्क सर्भिसिङ, सात वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट तथा आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्।
चाडपर्व योजनाको अर्को मुख्य आकर्षण लक्की ड्र हो। अफर अवधिभित्र एम्पियर स्कुटर खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत १ लाख रुपैयाँ जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
त्यस्तै, Ampere REO VYB मोडल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुट वा पुरानो सवारी एक्सचेन्ज गर्दा थप १० हजार रुपैयाँ मूल्याङ्कनमध्ये कुनै एक सुविधा लिन सक्नेछन्। यसमा कम्पनीका नियम तथा सर्त लागू हुनेछन्। एम्पियर नेपालका अनुसार चाडपर्वमा ग्राहकलाई थप सुविधा दिँदै पेट्रोलबाट चल्ने परम्परागत दुईपाङ्ग्रे सवारीबाट विद्युतीय सवारीतर्फ आकर्षित गर्ने तथा इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले योजना ल्याइएको हो।
कम्पनीका इलेक्ट्रिक स्कुटर देशभर विस्तार हुँदै गएको शोरुम तथा डिलर नेटवर्कमार्फत उपलब्ध रहेको जनाइएको छ। ती शोरुममा ग्राहकले स्कुटर अवलोकन, टेस्ट राइड तथा एक्सचेन्ज मूल्याङ्कनसम्बन्धी जानकारीसमेत लिन सक्नेछन्।
यो चाडपर्व योजना छठ पूजासम्म लागू हुनेछ। ग्राहकले नजिकको एम्पियर शोरुममा पुगेर सवारी उपलब्धता, अफर तथा लागू हुने नियम–सर्तबारे विस्तृत जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।









Comment