नेप्सेकाे ओरालो यात्रा कायमै, काराेबार रकम पनि सकेन बढ्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेकाे ओरालो यात्रा कायमै, काराेबार रकम पनि सकेन बढ्न



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १२.५८ अंक घटेर १९०८.६६ विन्दुमा झरेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन एक अर्ब ८० करोडको सेयर कारोबार भएको बजारमा सोमबार २८७ कम्पनीको ४३ लाख २७ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब १७ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ। साथै, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको आज ३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार १५:२३