वैदेशिक रोजगार बीमाबाट उठ्यो २ अर्ब ९६ करोड बीमाशुल्क, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वैदेशिक रोजगार बीमाबाट उठ्यो २ अर्ब ९६ करोड बीमाशुल्क, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्ममा बैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बराबरको बीमाशुल्क उठेकाे छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १० वटा जीवन बीमा कम्पनीहरुले १५ लाख ८३ हजार ७४६ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

अघिल्लो महिनाको तुलनामा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार जीवन बीमालेखबाट संकलन गर्ने बीमाशुल्क बढाएका छन्। अघिल्लो महिना कम्पनीहरुले २ अर्ब ७१ करोड ३२ लाख रुपैंया मात्रै बीमाशुल्क संकलन गरेका थिए ।

बैदेशिक रोजगार बीमालेखबाट जेठ महिनामा मात्रै ६० हजार ४२६ वटा बीमालेख जारी गरी २५ करोड ६० लाख रुपैंया बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा सबै भन्दा धेरै बीमालेख जारी गरेको सन नेपाल लाइफले ७ लाख ३६ हजार ७५२ वटा बीमालेख जारी गरी एक अर्ब २ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सन नेपाल लाइफपछि नेपाल लाइफले सबै भन्दा धेरै १ लाख ९३ हजार ९३४ वटा बीमालेख बिक्री गरी ४१ करोड ७२ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै आइएमई लाइफले ३९ करोड ९७ लाख रूपैयाँ, सूर्यज्योति लाइफले ३७ करोड ८२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २३ करोड ८७ लाख रुपैयाँ, सिटिजन लाइफ १८ करोड ४९ लाख रूपैयाँ, रिलायबल नेपाल लाइफले १५ करोड ७८ लाख रूपैयाँ, नेशनल लाइफले १३ करोड २९ लाख रूपैयाँ बैदेशिक रोजगार बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यसैगरी प्रभु लाइफ इस्योरेन्सले २ करोड २७ लाख रूपैयाँ, एशियन लाइफले १ करोड ३७ लाख रूपैयाँ बैदेशिक रोजगार बीमालेख बिक्री गरी बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांक छ ।

प्रकाशित : १३ असार २०८०, बुधबार १३:११