एक करोड ३० लाख बिगो माग गर्दै जनस्वास्थ्य अधिकृत मिश्रविरुद्ध मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एक करोड ३० लाख बिगो माग गर्दै जनस्वास्थ्य अधिकृत मिश्रविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बलरा नगरपालिका सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षकर अधिकृत छैठौं, हाल जनस्वास्थ्य निरीक्षकर अधिकृत सातौं तहका कौशलेन्द्र मिश्रविरुद्ध मुद्दा दायर गरिएको हो ।

पारिश्रमिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तीय संस्था तथा व्यक्तिबाट लिएको कर्जा, निजको नाममा रहेको घरजग्गा बिक्रीबापत प्राप्त रकम, अंशबण्डाबाट प्राप्‍त रकम, दैनिक भ्रमण भत्ता, विभिन्न बैठक भत्ता, स्थानीय भत्ता, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय, बिमा परिपक्व भई रकम प्राप्तसमेत जम्मा एक करोड १३ लाख ३५ हजार ८ सय ५ रुपैयाँको स्रोत खुले पनि यस अवधिमा उनको आम्दानी तथा खर्च कुल २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ बराबर देखिएको अख्तियारले जनाएको छ । यो रकम उनको वैध आम्दानी भन्दा १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बढी भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक देखिएको अख्तियारको भनाई छ । साथै अख्तियार उक्त बढी देखिएङ्काे १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बिगो कायम गरि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित : १२ असार २०८०, मंगलवार १६:४९