काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल सरकार, नियामक निकाय बीमा समिति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
Comment