काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले रोजगार, कर र राजश्वको दायरा बिस्तारका लागि निजी क्षेत्रलाई सहजीकरण गर्दै अगाडि बढ्ने बताएका छन् । आईतबार सिंहदरबारमा आर्थिक मिडिया सञ्चालक संघसँगको अन्र्तक्रियामा मन्त्री महतले आम्दानी र रोजगारीको दायरा बढाउन व्यवसायमा लगानीको वातावरण सुनिश्चित गरी आर्थिक बृद्धि गर्न सकिने बताए ।
उनले भने, आम्दानी र रोजगारीको दायरा बढाउन उँधोग व्यवसायमा लगानीको वातावरण सुनिश्चित हुनु पर्यो । त्यसले गर्दा आर्थिक बृद्धि संगै राजस्व बृद्धि हुन्छ । मन्त्रीमहतले राजस्व बढाउन सके जनताको आवश्यकतालाई पूरा गर्न समस्या नहुने भन्दै स्रोत र साधन बढाउने कार्यमा जोड दिनु पर्ने बताए। उनले सरकार अर्थतन्त्रलाई सकारात्मक बाटोमा अगाडि बढाउन गम्भीर रहेको पनि प्रष्ट पारे ।
उनले निजी क्षेत्र र राज्यसँगै अगाडि बढदा एक अर्कालाई सहयोग हुने हुँदा यस्ले आर्थिक रुपान्तरण र समृद्धितर्फ लाग्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘शिक्षा स्वास्थ लगायत वर्ग, समूह, लिङ्गविभेदका कारणले पछाडि परेका दुर्गम क्षेत्रकावर्ग समुदायलाई विकासको लागि प्राथमिकतामा राखेका छौ ।’
Comment