काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरव्याजी पीडितलाई सरकारले धोका दिएको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा गैरेले सरकारले फेरि मिटरव्याज पीडितलाई धोका दिएको आरोप लगाएका हुन् ।
एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरूलाई धोका भएको उनको तर्क छ । उनले भने, ‘सरकारले मिटरव्याजी पीडितलाई फेरि धोका दियो । एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरूलाई अझै धोका दिने काम भएको छ । ’
पीडितका नाममा अनेक व्यक्ति र समूहबाट चलखेल भएको उनको आरोप छ । सांसद गैरेले शून्य समय र विशेष समयमा आएका सवालहरू बारे सरकार जवाफदेही नभएको भन्दै आपत्ति समेत जनाएका छन् ।
Comment