अर्थ मन्त्रालयका तीन सहसचिवको सरुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थ मन्त्रालयका तीन सहसचिवको सरुवा



काठमाडौं । अर्थ मन्त्रालयका तीन सहसचिवको सरुवा गरिएको छ । मन्त्रालयले भन्सार विभाग, वीरगन्ज भन्सार र राजश्व तालिम केन्द्रमा सहसचिव खटाएको हो ।

सहसचिव डिलाराम पन्थीलाई वीरगञ्ज भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ भने रमेश अर्याललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । त्यसैगरी, रामप्रसाद आचार्यलाई राजस्व तालिम केन्द्रमा जिम्मेवारी दिइएको छ ।

प्रकाशित : २९ माघ २०७९, आईतवार १४:०१