सुनको मुल्य तोलामा ३०० रुपैयाँ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ३०० रुपैयाँ बढ्यो



काठमाडौं । सुनको मुल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मुल्य तोलाको १ लाख ४ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, सोमबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य १३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ९ माघ २०७९, सोमबार ११:४०