सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मुल्य १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २६ पुष २०७९, मंगलवार ११:४१