सुनको मुल्य तोलाकाे ८०० सय रुपैंयाले सस्तियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलाकाे ८०० सय रुपैंयाले सस्तियो



काठमाडौं । लगातार बढिरहेको सुनको मुल्य शुक्रबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मुल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २२ पुष २०७९, शुक्रबार ११:४६