अर्थ सचिवमा तोयम रायमाझी र राजस्वमा रामप्रसाद घिमिरेले पाए जिम्वेवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थ सचिवमा तोयम रायमाझी र राजस्वमा रामप्रसाद घिमिरेले पाए जिम्वेवारी



काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले तोयम रायलाई अर्थसचिव र रामप्रसाद घिमिरेलाई राजस्व सचिवको जिम्मेवार दिने निर्णय गरेको हो।

हाल अर्थ सचिवका रुपमा कृष्णहरि पुष्कर र राजस्व सचिवका रुपमा रामेश्वर दंगाल कार्यरत छन्। राय भने वाणिज्य सचिव र घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन्।

प्रकाशित : २१ पुष २०७९, बिहीबार १५:२८