सुनको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मुल्य भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २१ पुष २०७९, बिहीबार ११:००