राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन (पुर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन (पुर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन२०७९ संशोधन गरेको छ । राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो।

यो सँगै अब राष्ट्र बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक कारोबारको आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्ने भएको छ । त्यस्तै, गत कात्तिक १ गतेभन्दा अगाडि प्रवाह भएको चालु पुँजी कर्जा नविकरण गर्दा सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्सामा कर्जा भुक्तानी गर्न सक्ने छन्।

पहिलो किस्तामा १० प्रतिशत, दोस्रो, तेस्रो, चौथोमा २०–२० प्रतिशत र अन्तिम किस्ता ३० प्रतिशत गरेर सो कर्जा चुक्ता गर्नुपर्नेछ ।

यसअघि ५० लाखसम्मको चालु पुँजी कर्जा यो मापदण्ड भित्र समेटिएकोमा अब १ करोडसम्मको कर्जा चालु पुँजी कर्जा मार्गदर्शनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाले प्रदान गर्न सक्नेछन् । २ करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा भने अनुमानित वार्षिक कारोबारसम्म मात्र चालु पुँजी कर्जा दिन पाइने छ ।

अपेरेटिङ साइकल, क्यास कन्भर्सन साइकल, आदिको विश्लेषण गरी विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइदामा सो कारण उल्लेख गरी वार्षिक कारोबारको अधिकतम ४० प्रतिशतसम्म पनि चालु पुँजी कर्जा कायम गर्न सकिने नयाँ संशोधनमा उल्लेख छ ।


२ करोडभन्दा बढी चालु पुँजी कर्जाको लागि भने स्थायी रुपमा चाहिने चालु पुँजी र अस्थिर रुपमा चाहिने चालु पुँजीको आवश्यकता पहिचान गर्नुपर्ने उल्लेख छ । स्थायी चालु पुँजी कर्जाको लागि ३ देखि १० वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्ने संशोधनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमासिकमा एकपटक चालु सम्पत्ति र दायित्वको अनिवार्य निरीक्षण गरी सो प्रतिशत कर्जा अद्यावधिक गर्नुपर्ने र वर्षमा एकपटक आकस्मिक निरीक्षण गर्नुपर्ने समेत संशोधनमा उल्लेख छ । चालु पुँजी कर्जा तिर्नुपर्ने कर्जा समय सीमासम्म नतिरेमा पनि प्रोभिजन गर्न नपर्ने भएको छ ।

प्रकाशित : २० पुष २०७९, बुधबार १५:४३