सुनको मुल्य तोलामा तीन सय रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा तीन सय रुपैंयाले बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मुल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतिताेला १ लाख २ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २० पुष २०७९, बुधबार ११:३२