अर्थमन्त्रीसंग बैंकर्स संघका पदाधिकारीहरुको भेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्रीसंग बैंकर्स संघका पदाधिकारीहरुको भेट



काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज अर्थ मन्त्रालयमा भेट गरी हार्दिक बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

सो अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के. सी. ले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरका छन् ।

प्रकाशित : १३ पुष २०७९, बुधबार १६:४५