अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, आई.भि.एफ गर्न चाहनेका लागि एक लाखसम्म छुट सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, आई.भि.एफ गर्न चाहनेका लागि एक लाखसम्म छुट सुविधा



काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले राष्ट्रिय स्तरको नि: शुल्क स्वास्थ्य शिविर कार्यक्रम संञ्चालन गर्ने भएको छ । अस्पतालले यहि पुस १८ गतेदेखि २२ गतेसम्म बिहान ८ बजेदेखि ५ बजेसम्म अल्का अस्पताल जावलाखेल, ललितपुरमा संञ्चालन गर्ने भएको हो ।

उक्त शिविरमा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ सेवा, आ.भि. एफ एण्ड इन्फर्टिलिटी विशेषज्ञ सेवा (नि: सन्तान दम्पतीका लागि), न्युरो साइक्यिाट्रिक विशेषज्ञ सेवा दिइने अस्पतालले जनाएको छ । त्यस्तै, नि:शुुल्क प्रयोगशाला परीक्षणहरु , शिविर समाप्त भएकाे मितिले १ महिनासम्मको लागि नि:शुल्क फलोअप , शिविरमा सहभागी आई.भि.एफ गर्न चाहने दम्पतीहरुका लागि एक लाख छुट सुविधा पनि उपलब्ध रहेको छ ।


सहभागी हुन चाहने व्यक्तिले पुस ११ गतेदेखि बिहान ७ बजेदेखि ५ बजेसम्म नाम दर्ता गराउन सकिने छ ।

प्रकाशित : १३ पुष २०७९, बुधबार १४:२४