समयमै काम पूरा नगर्ने २१ वटा कम्पनी कालोसूचीमा, कुन कुन परे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

समयमै काम पूरा नगर्ने २१ वटा कम्पनी कालोसूचीमा, कुन कुन परे ?



काठमाडौं। सरकारले २१ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम पूरा नगर्ने उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो।

कार्यालयले १ वर्षदेखि ३ वर्षसम्म ती कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। कार्यलयले सुचना जारी गर्दै विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा (६३) को उपदफा (१)बमोजिम कालोसूचीमा राखेको जनाएको छ ।

कालोसूचीमा राखिएको अवधिमा ती कम्पनीले कुनै पनि सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

प्रकाशित : १३ पुष २०७९, बुधबार १२:०८