सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ६०० रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ७०० रुपैयाँ र तेजाबी मुल्यको मुल्य प्रतितोला १ लाख २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १३ पुष २०७९, बुधबार ११:२७