उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल !



काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ ।

सोमबार दिउँसो नयाँ बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मा पौडेललाई दिने सहमति गरेको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा पौडेल अर्थमन्त्री बनिसकेका थिए । त्यसअघि पनि पौडेललाई एमालेले अर्थमन्त्री बनाएको थियो ।

पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई एमालेले सरकारमा सहभागी गराउने भएको हो ।

नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित : ११ पुष २०७९, सोमबार १५:५५