सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ३ पुष २०७९, आईतवार १२:००