बाग्मती प्रदेशमा बैंकले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६ प्रतिशतले घट्यो,कुन क्षेत्रमा कति प्रवाह भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

बाग्मती प्रदेशमा बैंकले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६ प्रतिशतले घट्यो,कुन क्षेत्रमा कति प्रवाह भयो ?



काठमाडौं । बाग्मती प्रदेशमा चालु आर्थिक बर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६ प्रतिशतले हस भई ८ खर्ब ४२ अर्ब ६६ करोड पुगेको छ । राष्ट्र बैंकले जारी गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो ।

गत वर्ष यस्तो कर्जा २५.७ प्रतिशतले वृद्धि भई ८ खर्ब ९६ अर्ब ४२ करोड पुगेको थियो । त्यस्तै, यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३२.१ प्रतिशत रहेको छ ।

औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ७ खर्ब ५७ अर्ब ५ करोड कर्जा लगानीमा रहेको छ भने सबैभन्दा कम रसुवा जिल्लामा २६ करोड कर्जा लगानी रहेको । अधिकांश औद्योगिक प्रतिष्ठानहरुको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकोले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा रहेको दखिन्छ ।

कुल औद्योगिक कर्जामध्ये खानी उत्पादन सम्बन्धी उद्योगमा ११३.१ प्रतिशतले वृद्धि भएको छ भने निर्माणमा ४९ प्रतिशतले हस आएको छ ।

यसैगरी, विद्युत, ग्याँस तथा पानीमा २०.२ प्रतिशतले, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा १०.४ प्रतिशतले र गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ९.८ प्रतिशतले कर्जा बढेको छ । कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा भने कर्जा ११.२ प्रतिशतले घटेको छ ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार २०:५०